
लण्डन । सात दशकदेखि राष्ट्र प्रमुखको रुपमा रहेकी बेलायती महारानी एलिजावेथ द्वितीयको विहीबार असामयिक निधनपछि बेलायत राष्ट्रिय शोकमा डुबेको छ ।
महारानीको बेलायतका विभिन्न स्थानका निवास तथा कार्यालयहरुमा सर्वसाधारणले उनीप्रति समवेदना व्यक्त गर्न फूल तथा मैनबत्तीहरु बालेका छन् ।
उनको मुख्य कार्यालय बकिङघम पालेस, निवास बिन्जर क्यासल, निधन भएको बालमोराल क्यासल, सान्ड्रिघम लगायतका स्थानमा सर्वसाधारणले पुष्पगुच्छा तथा मैनबत्ती प्रज्वलन गरेका छन् ।
उता महारानीको निधनमा आज बेलायतका चर्चहरुमा घन्टी बजाउने तथा उनको उमेर अनुसार ९६ तोपको सलामी शुक्रबार दिउँसो दिइँदैछ ।
महारानीको निधनपछि उत्तराधिकार सम्हालेका उनका ज्येष्ठ सुपुत्र राजा चार्ल्स तृतीय आज नै स्कटल्याण्डबाट लण्डन आइ देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो समाचार लेख्दासम्म महारानीको अन्तिमसँस्कारको मिति तय भइसकेको छैन तर राजपरिवारमा राष्ट्रिय शोक मनाउन शुरु भएको छ र यो अन्तिम सँस्कारको एक सातासम्म कायम रहने बताइएको छ ।
महारानी बेलायत लगायत १४ वटा मुलुकको राष्ट्र प्रमुख रहेकी थिइन् ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ