
लण्डन । बेलायतले तेस्रो महिला प्रधानमन्त्री पाएको छ ।
सत्तासीन कंजरभेटिभ पार्टीको नयाँ नेताका लागि भएको मतदानको सोमबार घोषित परिणामअनुसार लिज ट्रसले प्रतिस्पर्धी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई पराजित गरेकी छिन् ।
उनले ८१ हजार ३२६ मत पाइन् भने सुनकले ६०३९९ मत पाए । पार्टीका कुल मतदाता १ लाख ७२ हजार ४३७ रहेका थिए ।
ट्रस अब बाँकी कार्यकालका लागि प्रधानमन्त्री रहनेछिन् ।
बेलायतले यसअघि मार्गरेट थ्याचर र थेरेसा मेलाई प्रधानमन्त्री पाइसकेको छ ।
लिज ट्रसको जन्म सन् १९७५ मा अक्सफोर्डमा भएको हो । उनका पिता गणितका प्राध्यापक थिए भने आमा नर्स थिइन् ।
उनको पूरा नाम मेरी एलिजावेथ ट्रस हो ।
उनको राजनीति लिबरल डेमोक्रयाट पार्टीबाट शुरु भएको थियो । अक्सफोर्डमा अध्ययन गर्दा उनी कन्जरभेटिभ पार्टीमा प्रवेश गरेकी थिइन् ।
उनी सन् २०१० मा पहिलोपटक सांसदमा निर्वाचित भएकी थिइन् । उनी साउथ वेष्ट नरफोक निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएकी थिइन् । उनी सोही क्षेत्रलाई प्रतिनिधित्व गर्दै आएकी छिन् । त्यसअघि सन् २००१ र २००५ को आमचुनावमा उनले पराजय व्यहोर्नु परेको थियो । उनी सन् २००६ मा ग्रीनीच काउन्सिल लण्डनमा काउन्सिलर पदमा निर्वाचित पनि भएकी थिइन् ।
उनले सन् २०१२ देखि सरकारी जिम्मेवारी वहन गर्दै आएकी छिन् । शुरुमा उनी शिक्षा तथा शिशु स्याहार मन्त्रालयमा उपमन्त्री, त्यसपछि वातावरण, खाद्य र ग्रामीण मामिला राज्यमन्त्री, लर्ड चान्सलर, कोष मन्त्री बनिसकेकी छिन् ।
उनले सन् २०१९ मा महिला र समानता मन्त्रीको कार्यभार सम्हालेकी थिइन् भने त्यसपछि अन्तर्राष्ट्रिय व्यापार मन्त्री र सन् २०२१ देखि विदेश मन्त्रीको कार्यभार सम्हाल्दै आएकी छिन् ।
अक्सफोर्ड विश्वविद्यालयबाट राजनीति, अर्थशास्त्र र दर्शनशास्त्रको अध्ययन उनले पूरा गरेकी छिन् ।
राजनीतिमा आउनुअघि उनी उर्जा तथा दुरसन्चार क्षेत्रमा व्यापार प्रबन्धक, आर्थिक निर्देशक र लेखापालका रुपमा एक दशकभन्दा लामो समय काम गरेकी छिन् ।
उनका श्रीमान र दुई छोरी छन् ।
उनको सहलेखनमा पुस्तक समेत प्रकाशित छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ