
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर(बीसीसी) युकेको निमन्त्रणामा अन्तरराष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासचिव डा. धम्मापीया लण्डन आइपुगेका छन् । उनी बीसीसीले आइतबार अल्डरसटमा आयोजना गर्न लागेको च्यारिटी डिनर कार्यक्रमका लागि शुक्रबार साँझ लण्डन आइपुगेका हुन् ।
भारतस्थित बहुजन हितया इजुकेशनल ट्रष्ट एण्ड धम्मा पीया फाउण्डेशनका संस्थापक एवं अध्यक्ष, त्रिपुरास्थित एमएमडी कलेजका असोसिएट प्रोफेसर समेत रहेका डा.धम्मापीयाले उक्त च्यारिटी डिनर कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्ने छन्। उनको स्वागतार्थ बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, बीसीसी युकेका टुल्कु गुरु जिग्मे सामतेन, लोपन नोर्बु लण्डन हिथ्रो एयरपोर्टे पुगेका थिए ।
बीसीसी युकेले विभिन्न उद्देश्यका साथ आयोजना गर्न लागेको उक्त च्यारिटी डिनर कार्यक्रममा नेपाली दूतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल, स्थानीय मेयर, काउन्सिलर, विभिन्न संघसंस्थाका पदाधिकारी, भक्जन, चन्दादाता, बिसीसी युकेका , शुभचिन्तक लगायतको बिशेष उपस्थिति रहने बीसीसी युकेका कार्यक्रम संयोजक एबम उपाध्यक्ष रोबिन गुरुङले जानकारी दिए ।
उक्त ४ सेप्टेम्बर सांझ ५ बजे देखि एम्पायर हल अल्डरसटमा शुरु हुने उक्त च्यारिटी डिनर नाईट कार्यक्रममा धार्मिक अष्ट मंगल पाठ, प्रवचन, अक्सन, राफल ड्र, सम्मान, गीत तथा नृत्यलगायत विभिन्न प्रस्तुतीहरु रहने छ । साथै, उक्त च्यारिटी कार्यक्रममा सहभागी भैदिनहुन सबैमा बीसीसी युकेले अनुरोध गरेको छ ।
स्मरण रहोस्, बीसीसी युकेले मानवीय कल्याण, बौद्ध शिक्षा, बीसीसी युकेको भवन खरीद, निर्माण, मर्मत संहारलगायत विभिन्न उद्देश्यका साथ प्रत्येक बर्ष च्यारिटी कार्यक्रमको आयोजना गर्दै आएको छ ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु