
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले यही सेप्टेम्बर १९ मा हुने चौथो राष्ट्रिय महाधिवेसनलाई केन्द्रीत गरी संगठन विस्तार र पुनर्गठनलाई जोड दिएको छ ।
गेसोका सभापति कृष्णकुमार राईका अनुसार गेसो जिल्ला कार्य समिति सुन्सरीको अधिबेशनबाट हरि बहादुर राईको अध्यक्षतामा ७ सदस्सीय जिल्ला कार्य समिति गठन भएको छ ।
यस्तै केन्द्रीय सभापति कृष्ण कुमार राईको प्रमुख आतिथ्यमा र गेसो जिल्ला कार्य समितिको अध्यक्ष बिष्णु कुमार याक्सोको अध्यक्षतामा ललितपुर जिल्ला कार्यसमितिको चौथो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले पुन: बिष्णुकुमार याक्सोको अध्यक्षतामा ११ सदस्सीय नयॅा जिल्ला कार्य समितिको गठन गरेको छ ।
यसैगरी ललितपुर जिल्ला महिला कार्य समितिको चौथो अधिवेसन पनि सोही दिन सम्पन्न भएको छ र अधिवेसनले ईन्द्र कुमारी राईको अध्यक्षतामा ७ सदस्सीय महिला जिल्ला कार्य समिति गठन गरेको छ ।
यस्तै गेसो जिल्ला कार्य समिति काठमाण्डुका अध्यक्ष सुनिता गुरुडको अध्यक्षतामा र प्रमुख अतिथि सभापति कृष्ण कुमार राईको प्रमुख आतिथ्यमा गेसो काठमाण्डु जिल्ला कार्य समितिको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सुनिता गुरुडको अध्यक्षतामा ९ सदस्सीय गेसो काठमाण्डु जिल्ला कार्य समिति गठन गरेको छ ।
यसैगरी गेसो बागमति प्रदेशको अधिवेसनले बीरध्वोज राईको अध्यक्षतामा ७ सदस्सीय प्रदेश समिति गठन गरेको छ ।
सभापति राईले अझै पूर्वका मोरङ, झापा, पश्चिमका पोखरा, बुटबलमा कार्यसमितिको अधिवेसन गर्ने तयारी हुँदै गरेको बताए । नेपालका धेरै गेसोका पदाधिकारी र सदस्यहरु बेलायत गएका कारण कार्यसमिति सानो बनाउनु परेको पनि उनले बताए ।
केन्द्रीय महाधिवेसन अगावै बेलायतमा पनि शाखा समितिहरुको अधिवेसन गरिने र शाखा विस्तार गरिने उनले जानकारी दिए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?