
लण्डन । बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले उर्जाको मूल्यवृद्धिमा सरकारले नियन्त्रण गरी जनतालाई राहत दिनु पर्ने प्रस्ताव ल्याएको छ ।
बेलायतमा उर्जाको चर्को मूल्यवृद्धिका कारण मानिसहरुलाई परिररहेको र भविष्यमा पर्नसक्ने आर्थिक संकटलाई सम्बोधन गर्न लेबर पार्टीले सोमबार सो प्रस्ताव ल्याएको हो ।
लेबर पार्टीका नेता सर किअर स्टामरले उर्जाको मूल्य अहिलेकै अवस्थामा नियन्त्रणमा राख्दा हरेक परिवारले १ हजार पाउण्डसम्म लाभ लिनसक्ने बताएका छन् ।
अहिले उर्जाको मूल्य एक घरका लागि वार्षिक १ हजार ९ ७१ पाउण्ड तोकिएको छ ।
स्टामरले यसरी मूल्य नियन्त्रण गर्दा अतिरिक्त २९ बिलियन पाउण्ड आवश्यक पर्ने र सो राशी उर्जा कम्पनीहरुलाई अतिरिक्त कर (विन्ड फल ट्याक्स) लगाएर ८ बिलियन, सरकारले यसअघि घोषणा गरेको प्रति परिवार ४०० पाउण्ड उर्जाको बिलमा सहुलियत योजना खारेज गरी १४ बिलियन र सरकारले लिएको ऋणको ब्याज तिर्ने रकम घटाएर ७ बिलियन पाउण्ड व्यवस्था गर्न सकिने बताएका छन् ।
उर्जाको मूल्य विश्लेषकहरुले अक्टोबर महिनामा उर्जाको मूल्य बढेर प्रति घर वार्षिक ३ हजार ६०० पाउण्ड पुग्ने र जनवरीमा फेरि बढेर ४ हजार पाउण्ड नाघ्ने प्रक्षेपण गरेका छन् ।
लेबरको सो प्रस्तावको लिब्डेम पार्टी, स्कटिश न्याशनलिष्ट पार्टीले पनि समर्थन गरेका छन् तर सत्तारुढ दल कंजरभेटिभ भित्र भने भावी प्रधानमन्त्रीका लागि नेता चयन गर्ने प्रक्रिया चलिरहेको छ जसका कारण कामचलाउ प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री नदिम जाहावी बढ्दो उर्जा मूल्यबाट सिर्जित समस्या सम्बोधन गर्न अनिच्छुक देखिएका छन् ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश