
लण्डन । बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले उर्जाको मूल्यवृद्धिमा सरकारले नियन्त्रण गरी जनतालाई राहत दिनु पर्ने प्रस्ताव ल्याएको छ ।
बेलायतमा उर्जाको चर्को मूल्यवृद्धिका कारण मानिसहरुलाई परिररहेको र भविष्यमा पर्नसक्ने आर्थिक संकटलाई सम्बोधन गर्न लेबर पार्टीले सोमबार सो प्रस्ताव ल्याएको हो ।
लेबर पार्टीका नेता सर किअर स्टामरले उर्जाको मूल्य अहिलेकै अवस्थामा नियन्त्रणमा राख्दा हरेक परिवारले १ हजार पाउण्डसम्म लाभ लिनसक्ने बताएका छन् ।
अहिले उर्जाको मूल्य एक घरका लागि वार्षिक १ हजार ९ ७१ पाउण्ड तोकिएको छ ।
स्टामरले यसरी मूल्य नियन्त्रण गर्दा अतिरिक्त २९ बिलियन पाउण्ड आवश्यक पर्ने र सो राशी उर्जा कम्पनीहरुलाई अतिरिक्त कर (विन्ड फल ट्याक्स) लगाएर ८ बिलियन, सरकारले यसअघि घोषणा गरेको प्रति परिवार ४०० पाउण्ड उर्जाको बिलमा सहुलियत योजना खारेज गरी १४ बिलियन र सरकारले लिएको ऋणको ब्याज तिर्ने रकम घटाएर ७ बिलियन पाउण्ड व्यवस्था गर्न सकिने बताएका छन् ।
उर्जाको मूल्य विश्लेषकहरुले अक्टोबर महिनामा उर्जाको मूल्य बढेर प्रति घर वार्षिक ३ हजार ६०० पाउण्ड पुग्ने र जनवरीमा फेरि बढेर ४ हजार पाउण्ड नाघ्ने प्रक्षेपण गरेका छन् ।
लेबरको सो प्रस्तावको लिब्डेम पार्टी, स्कटिश न्याशनलिष्ट पार्टीले पनि समर्थन गरेका छन् तर सत्तारुढ दल कंजरभेटिभ भित्र भने भावी प्रधानमन्त्रीका लागि नेता चयन गर्ने प्रक्रिया चलिरहेको छ जसका कारण कामचलाउ प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री नदिम जाहावी बढ्दो उर्जा मूल्यबाट सिर्जित समस्या सम्बोधन गर्न अनिच्छुक देखिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा