
लन्डन । बेलाइतका भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेता ऋषि सुनकले लेखक सलमान रुस्दीलाई अमेरिकामा छुरा प्रहार गरेको विषयमा इरानमाथि प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ ।
आफ्नो पुस्तक ‘द सैटानिक भर्सेस’ लाई लिएर लामो समयदेखि ज्यान मार्ने धम्की खेप्दै आएका रुस्दीलाई शुक्रबार अमेरिकाको वेस्टर्न न्युयोर्क राज्यमा छुरा प्रहार गरिएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका थुप्रै नेताहरूले उक्त घटनाको निन्दा गर्नु भएको छ । “यदि सलमान रुस्दीमाथिको आक्रमण इरानको अपरेशन हो र आक्रमणकारीले इरानको प्रभावमा यो गरेको हो भने यसले हाम्रो इस्लामिक क्रान्तिको सफलता प्रमाणित गर्छ,“ भनी सुनकले टीप्पणी गर्नु भएको टेलिग्राफ पत्रिकाले उल्लेख गरेको छ।
७५ वर्षीय लेखक रुस्दी सन् १९८१ मा आफ्नो उपन्यास ’मिडनाइट्स चिल्ड्रेन’ बाट चर्चामा आएका थिए । भारतमा जन्मेका लेखकले यो उपन्यासका लागि बुकर पुरस्कार समेत जितेका थिए ।
तर उनको सन् १९८८ को पुस्तक ’द सैटानिक भर्सेस’ का कारण तत्कालीन इरानी क्रान्तिकारी नेता अयातोल्लाह रुहोल्लाह खोमेनी प्रशासनले उनका विरुद्ध फतवा जारी गरेको थियो । सो धम्कीले उनी केही वर्षसम्म भूमिगत थिए ।
यसैबीच, इरानको पछिल्लो राजनीतिक विकासक्रमलाई औंल्याउँदै नेता सुनकले संयुक्त विस्तृत कार्य योजना (जेसीपीओए) भनेर चिनिने इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उसको प्रयासलाई व्यर्थ प्रयास भन्नु भएको छ ।
उहाँले आणविक हतियार भएको इरानले आफ्नो सहयोगी राष्ट्र इजरायलको अस्तित्वमाथि खतरा उत्पन्न गर्ने र ब्यालिस्टिक मिसाइलका विभिन्न गतिविधिले सिङ्गो युरोपलाई खतरामा पार्ने टिप्पणी गर्नु भएको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’