
नयाँ दिल्ली । बेलायत र भारतले स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता सम्पन्न गरेको छ ।
वाणिज्य र उद्योग मन्त्रालयले बिहीबार सो बारे जानकारी दिंदै हाइब्रिड शैलीमा प्राविधिक वार्ताहरू सम्पन्न गरेको बताएको छ। भारतको नयाँ दिल्लीमा केही वार्ताकारहरू प्रत्यक्ष र अधिकांश वार्ताकारहरू भर्चुअल रूपमा वार्तामा सहभागी भएका थिए ।
यस चरणको वार्ताका लागि दुवै पक्षबाट जम्मा ८५ सत्रमा विभिन्न १५ क्षेत्रमा छलफल भएको थियो।
भारतीय र बेलायती अधिकारीहरूले सन् २०२२ अक्टोबरको अन्त्यसम्ममा व्यापक र सन्तुलित स्वतन्त्र व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याउने लक्ष्य तय गरेका छन् ।
भारत र बेलायतले यस वर्ष जनवरीमा स्वतन्त्र व्यापार सम्झौताका निम्ति वार्ता शुरु गरेका थिए। दुवै देशले द्विपक्षीय व्यवसायहरूलाई फाइदा पुग्ने गरी सम्झौता गर्न खोजिरहेका छन् । गत महिना वाणिज्य सचिव बीभीआर सुब्रह्मण्यमले भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) वार्ता अगस्टको अन्त्यमा पूरा हुने सम्भावना रहेको बताएका थिए ।
बेलायतसँग दुईवटा एमओयु र फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै सुब्रह्मण्यमले भारत-बेलायत एफटीए वार्ता अगस्ट ३१ सम्ममा टुङ्गिने र दुवै पक्षको आन्तरिक स्वीकृतिपछि सम्झौतामा हस्ताक्षर गर्न तयार हुने बताएका थिए ।
प्रस्तावित एफटीएमा बेलायतमा सरकार परिवर्तनको प्रभावको बारेमा सुब्रह्मण्यमले बेलायतमा सत्तामा जुनसुकै दल आए पनि भारतसँगको एफटीए परिवर्तन नहुने बताएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने