
लण्डन । मगर संघ युकेले नायिकाहरु दीया पुन र मिरुना मगरलाई सम्मान गरेको छ ।
संघको आइतबार आफ्नै भवनमा सम्पन्न पहिलो त्रैमासिक बैठकको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको हो ।
नायिका पुनलाई हालै विश्वको सर्वोच्च शिखर आरोहण गरेकोमा र मगरलाई उनी अभिनीत चलचित्र ‘कबड्डी ४’ ले कोभिड महामारीपछि तङ्ग्रिँदै गरेको नेपाली चलचित्र उद्योगमा सफलतापूर्वक ५१ दिन मनाउन सफल भएकोमा सम्मान गरिएको अध्यक्ष सीता पुनले जानकारी दिनुभयो । नायिका मगरले हालै ब्रुनेल विश्वविद्यालयबाट स्वर्ण पदक पनि पाएकी छिन् ।
सोही अवसरमा नेपालबाट कार्यक्रमको सिलसिलामा बेलायतमा आइपुगेकी गायिका गीता पाइजालाई पनि स्वागत गरिएको थियो ।
कार्यक्रममा मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्व अध्यक्ष मे रि कुलबहादुर थापा, संरक्षकहरु, शाखाका अध्यक्षहरु, सल्लाहकारहरु तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष सीत पुनको अध्यक्षता तथा महासचिव गुमानसिंह थापामगरको सन्चालनमा भएको बैठकमा संघले मे २९ मा आयोजना गरेको नेपाली ओपन कन्सर्टको समीक्षा गरिनुका साथै आयव्यय विवरण पेश गरिएको थियो । संघका कोषाध्यक्ष मोहन थापाले ओपन कन्सर्टबाट ३२ हजार पाउण्ड नाफा आर्जन गरिएको जानकारी दिनुभयो ।
बैठकमा महासचिव गुमानसिंह थापाले संघको सांगठानिक प्रतिवेदन पेश गरेका थिए भए हाउजिङ हेर्नुहुने सहकोषाध्यक्ष थाम रोकाले आर्थिक जानकारी दिएका थिए ।
बैठकले आगामी एक वर्षको कार्यक्रमहरुको तिथि तय गरेको छ । जसअनुसार अर्को वर्षको ओपन कन्सर्ट मे १३ मा हुनेछ ।
बैठकमा नवनियुक्त सल्लाहकारहरुलाई पनि स्वागत गरिएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो