
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिनुभएको थियो । अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको स्थायी समिति बैठकमा छलफल भएको थियो ।
बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो । दाहाल आगामी साउन १ गते स्वदेश फर्कनु हुनेछ ।
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी