
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा खेन्पो कुन्ख्याबको बिदाइ गरेको छ ।
आइतबार १० जुलाईका दिन बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले खादा लगाई उनको बिदाइ गरेका हुन् । कोभिड–१९ को महामारीको अवस्था अर्थात सन् २०२१ फेब्रुअरीमा नेपालबाट बेलायत आएका धर्म गुरु खेन्पो कुन्ख्याब एक वर्ष पाँच महिनाको बसाईपश्चात नेपाल फर्केका हुन् ।
काठमाण्डौं बौद्धस्थित सेचन गुम्बामा कार्यरत खेन्पोले बीसीसी युकेको गुम्बामा रही बौद्ध शिक्षा दिने, बौद्ध धर्ममा आधारित विभिन्न ग्रन्थहरुको पाठ गर्ने, प्रवचन दिने, बौद्ध परम्परामा आधारित विभिन्न पूजापाठ गर्नेलगायत अषिशेक (वाङ्ग) दिएका थिए । त्यस्तै, उनले बीसीसी युकेमा ९ वर्षे ङोद्रो (पूर्वग्रत अभ्यास) कक्षाको शुरुवात गरे । साथै, उनले अनलाईन मेडिटेशन, साम्बुटालगागतका कक्षाहरु संचालन गरेका थिए ।
बीसीसी युकेले गत ३ जुलाईका दिन एक विशेष औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको थियो । सो अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, उपाध्यक्ष हर्क गुरुङ, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, पूर्व अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष नरेश गुरुङ, आमा समूह संस्थापक अध्यक्ष ज्ञानुमाया गुरुङ, सल्लाहकार, ट्रष्टीलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सो अवसरमा अध्यक्ष तामाङ्गले खेन्पो गुरुले गुम्बालाई दिएको समय, बौद्ध शिक्षा तथा ज्ञानको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गरे । साथै उनले खेन्पो गुरुलाई बीसीसी युकेको लोगो अंकित मायाको चिनो प्रदान गरे । त्यस्तै, बीसीसी युकेका प्रमुख सल्लाहकार एवं कक्षा संचालन संयोजक मेजर खुशीमान गुरुङले खेन्पो कुन्ख्याप गुरुले संचालन गरेका साम्बोटा, च्योइ, ङोन्द्रोलगायत कक्षाका विद्यार्थीहरुलाई प्रमाणपत्र तयार गरेका थिए भने सो अवसरमा खेन्पो गुरुले विद्यार्थीहरुलाई उक्त प्रमाणपत्र वितरण गरेका थिए ।
बीसीसी युकेका आमाहरुको बाक्लो उपस्थिति रहेको सो बिदाइ कार्यक्रममा बीसीसी युकेका कोषाध्यक्ष एवं ङोन्द्रो संयोजक मेजर हितमान गुरुङले ङोन्द्रो अभ्यासमा खेन्पो गुरुले दिएको समय, शिक्षा र गराएको अभ्यासको चर्चा गर्दै ङोन्द्रो अभ्यासले मानव जीवनमा खेल्ने सकारात्मक भूमिका बारे चर्चा गरेका थिए । सोही क्रममा बीसीसी युके लण्डन शाखाका अध्यक्ष गोपाल तामाङ्ग र आमा समूहकी अध्यक्ष दिलमाया गुरुङले खेन्पो गुरुले अनलाईनमार्फत दिएको मेडिशन लगायत बौद्ध शिक्षाका लागि धन्यवाद दिँदै खादा लगाई सम्मानका साथ बिदाई गरेका थिए ।
त्यस्तै, कार्यसमितिका पदाधिकारी, संस्थापक एवं पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूह अध्यक्षलगायत आमाहरु, भक्तजनहरुलगायतले उनलाई खादा लगाई बिदाइ गरेका थिए । सो अवसरमा खेन्पो कुन्ख्याबले बीसीसी युकेले गरेको माया र सम्मानको सदा कदर गर्ने बताउँदै सबैलाई हृदयदेखि नै धन्यवाद दिए । साथै, उनले बीसीसी युकेलाई एक हजार पच्पन्न पाउण्ड सहयोग प्रदान गरी बीसीसी युकेको ट्रष्टी सदस्य बनेका थिए ।
खेन्पाे गुरूकाे विदाइको क्रममा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, महासचिव क्याप्टेन देब घले, निवर्तमान अध्यक्ष नरेश गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, आमा समूहकी सचिव शारदा गुरुङ, पूजा संयोजक आईबहादुर गुरुङ, सानु लामा, खेन्पो केल्जङ्ग दोर्जी, लोपेन नोर्बु, आमाहरु, गुम्बा स्टाफ तथा स्वयंसेवकहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै, बीसीसी युकेका अध्यक्ष तामाङ्ग र महासचिव घलेले खेन्पोलाई हिथ्रो विमानस्थल सम्म पुर्याउन गएका थिए ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल