
काठमाडौँं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता पुरस्कार पत्रकारहरु टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच प्रधान र सुब्बालाई आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले पुरस्कार प्रदान गरे ।
पुरस्कारको राशी जनही २५ हजार रुपियाँ र ताम्रपत्र रहेको छ ।
फोनिज युकेले सञ्चार क्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका दुई जना पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दैआएको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिहरुको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यस्ता पुरस्कारहरुले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।
पुरस्कार स्थापनाको उद्देश्यको बारेमा फोनिज युकेको पूर्व अध्यक्ष विश्वास दीप तिगेलाले समाज बदल्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने भएकोले पत्रकारहरुलाई प्रोत्साहन गर्न साथै युकेमा रहदै आएका पत्रकार र नेपालमा रहदै आएका पत्रकारहरु बीच सम्बन्ध स्थापना गर्न पनि यो सम्मान तथा पुरस्कारको स्थापना गरिएको बताए ।
त्यस्तै, फोनिज युकेको सल्लाहकार नगेन्द्रराज नेम्बाङले फोनिज युकेकी अध्यक्ष गोमा रानामगर, संरक्षक तथा पूर्व सौजन्यकर्ता रिटायर्ड मेजर सोनाम छिरिङ शेर्पा लगायत सिंगो समितिको तर्फबाट शन्देश सुनाए ।
पुरस्कार यसअघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामीलाई प्रदान गरिसकिएको छ ।
फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा आयोजित वितरण समारोह फोनिज केन्द्रीय समितिको कार्यालयको सभाकक्ष एवं तमु बौद्ध सेवा समितिको हल अनामनगरमा आयोजित कार्यक्रमलाई महासचिव मिलन लिम्बुले संचालन गरेका थिए ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय