चार देशका राजदूतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो ।
शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) हुनुहुन्छ ।
समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री