
स्कटल्याण्ड । प्रबासी नेपाली मञ्च युके (स्कटल्याण्ड) को आयोजनामा बेलायत भ्रमणमा रहनुभएका नेकपा एमालेका नेताहरुको स्वागत तथा उहाँहरुसित अन्तरकृया सम्पन्न भएको छ । साथै क्षेत्रीय समितिको अधिबेशन पनि भएको छ ।
एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो भने अध्यक्षता जोनी पहारीले गर्नुभएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिमा एमाले केन्द्रिय कमिटीका सदस्यद्वय कृष्ण दाहाल र पदम गिरि साथै सांसद जयकुमार राई, प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ रहनुभएको थियो । अन्य अतिथिहरुमा प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख तुङ्गभद्र भूषाल, एनआरएनए स्कटल्याण्डका संरक्षक भोला खनाल रहनुभएको थियो । कार्यक्रम समितिका सचिव बिदुर खत्रीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रबासी नेपाली मञ्च केन्द्रिय सदस्य तोया सापकोटाले राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले नेपाली अर्थ राजनीतिको बिसयमा आफ्नो भनाइहरु राख्नुभएको थियो । उहाँले आफ्नो ज्ञान, सीप, पुँजी कमाएर नेपाल फर्कन आग्रह गर्नुभएको थियो ।
सोही दिन सम्पन्न अधिबेशनले मन्चो स्कटल्याण्डमा नयाँ समिति पनि चयन गरेको छ । समितिको अध्यक्षमा जोनी पहारी, उपाध्यक्षमा यज्ञ ढकाल, सचिबमा निर्देशन त्रिपाठी र सह-सचिवमा मोति खरेल लगायत रहेको ११ सदस्यीय नयाँ समिति गठन गरेको छ l
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान