
स्कटल्याण्ड । प्रबासी नेपाली मञ्च युके (स्कटल्याण्ड) को आयोजनामा बेलायत भ्रमणमा रहनुभएका नेकपा एमालेका नेताहरुको स्वागत तथा उहाँहरुसित अन्तरकृया सम्पन्न भएको छ । साथै क्षेत्रीय समितिको अधिबेशन पनि भएको छ ।
एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो भने अध्यक्षता जोनी पहारीले गर्नुभएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिमा एमाले केन्द्रिय कमिटीका सदस्यद्वय कृष्ण दाहाल र पदम गिरि साथै सांसद जयकुमार राई, प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ रहनुभएको थियो । अन्य अतिथिहरुमा प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख तुङ्गभद्र भूषाल, एनआरएनए स्कटल्याण्डका संरक्षक भोला खनाल रहनुभएको थियो । कार्यक्रम समितिका सचिव बिदुर खत्रीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रबासी नेपाली मञ्च केन्द्रिय सदस्य तोया सापकोटाले राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले नेपाली अर्थ राजनीतिको बिसयमा आफ्नो भनाइहरु राख्नुभएको थियो । उहाँले आफ्नो ज्ञान, सीप, पुँजी कमाएर नेपाल फर्कन आग्रह गर्नुभएको थियो ।
सोही दिन सम्पन्न अधिबेशनले मन्चो स्कटल्याण्डमा नयाँ समिति पनि चयन गरेको छ । समितिको अध्यक्षमा जोनी पहारी, उपाध्यक्षमा यज्ञ ढकाल, सचिबमा निर्देशन त्रिपाठी र सह-सचिवमा मोति खरेल लगायत रहेको ११ सदस्यीय नयाँ समिति गठन गरेको छ l
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता