
काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।
गीतमा शब्द राज मुकारुङको तथा सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । सहास शाक्यले सङ्गीत संयोजन गर्नुभएको हो । जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेकाहरुको कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापाको अभिनय हेर्न सकिन्छ ।
‘छुटेर गए खुसीको मुहान, जीवन भयो…’, ‘तिमीसँगै जीउने, मर्ने अधुरो भयो रहर’, ‘खुसी सजाउन पाएँ मुटुमा…’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । विशाल थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई गायक ज्वाला राईले सम्पादन गर्नुभएको हो ।
उजन नेवा शाही उत्पादन व्यवस्थापक रहेको भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान