
वासिङटन । राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गर्नुभएको छ ।
दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गर्नुभएको हो । यो वास्तवमा आवश्यकभन्दा कम भएपनि यसले जीवन बचाउने राष्ट्रपति बाइडेनले बताउनुभयो ।
यूरोपमा प्रमुख कूटनीतिक शिखर सम्मेलनमा जानुअघि उहाँले ह्वाइट हाउसमा भन्नुभयो, “यो विधेयकले मैले चाहेको सबै कुरा गर्दैन, तर यसमा मैले लामो समयदेखि आह्वान गरेका कार्यहरू समावेश छन् जसले मानिसहरूको ज्यान बचाउनेछ ।”
शनिबार बिहान हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ । उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए ।
पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभरि २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने