
लण्डन । सेन्ट जर्ज अस्पताल टुटिङ, लण्डनमा उपचार गराइरहेका घमानसिंह तामाङलाई तामाङ सोसाइटी अफ युकेले भेट गरी आर्थिक सहयोग गरेको छ ।
जुन १८ तारिखका दिन सोसाइटीका अध्यक्ष ज्ञान तामाङको नेतृत्वमा गएको सोसाइटीको टोलीले घमानसिंहकी धर्मपत्नी उमा बाइवासित भेट गरी घमानसिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै आर्थिक सहयोगस्वरुप २ हजार ७७१ पाउण्ड हस्तान्तरण गरेको हो ।
अस्पतालको नियमअनुसार एक जनाले मात्र बिरामी भेट्न पाउने भएकाले अध्यक्ष ज्ञान तामाङले घमानसिंहलाई अस्पतालको बेडमा भेटेका थिए । घमानसिंहले मुखले बोल्न नसके पनि आँखाबाट आँशु निकालेका थिए ।
सोसाईटीका पूर्व अध्यक्ष धर्म तामाङ्ग, पूर्व उपाध्यक्ष प्रताप तामाङ्ग, पूर्व महासचिव देवराज तामाङ्ग, सदस्य गंगा तामाङ्ग, महासचिव मनी तामाङ्ग र अध्यक्ष ज्ञान तामाङ्गले अस्पतालको भिजिटर कक्षमा बिरामी घमानसिङ तामाङ्गकी धर्मपत्नी श्रीमती उमा वाईबालाई भेटी खादा लगाई उहाँको श्रीमानको शीघ्र स्वास्थ लाभको कामना गरेका थिए । आपत बिपतको घडीमा धैर्यवान, संयम र लगनशील भई आफ्नो लक्ष्यमा अडिग रहन पनि सोसाइटीको टोलीले ढाडस दिएको थियो ।
केही महिनाअघि नेपालको उदयपुरबाट बेलायत आएका तामाङ अचानक बेहोस भएर ढलेका थिए । उनको टुटिङ लण्डनस्थित सेन्ट जर्ज अस्पतालमा उपचार भइरहेको छ ।

सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा