
लण्डन । सेन्ट जर्ज अस्पताल टुटिङ, लण्डनमा उपचार गराइरहेका घमानसिंह तामाङलाई तामाङ सोसाइटी अफ युकेले भेट गरी आर्थिक सहयोग गरेको छ ।
जुन १८ तारिखका दिन सोसाइटीका अध्यक्ष ज्ञान तामाङको नेतृत्वमा गएको सोसाइटीको टोलीले घमानसिंहकी धर्मपत्नी उमा बाइवासित भेट गरी घमानसिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै आर्थिक सहयोगस्वरुप २ हजार ७७१ पाउण्ड हस्तान्तरण गरेको हो ।
अस्पतालको नियमअनुसार एक जनाले मात्र बिरामी भेट्न पाउने भएकाले अध्यक्ष ज्ञान तामाङले घमानसिंहलाई अस्पतालको बेडमा भेटेका थिए । घमानसिंहले मुखले बोल्न नसके पनि आँखाबाट आँशु निकालेका थिए ।
सोसाईटीका पूर्व अध्यक्ष धर्म तामाङ्ग, पूर्व उपाध्यक्ष प्रताप तामाङ्ग, पूर्व महासचिव देवराज तामाङ्ग, सदस्य गंगा तामाङ्ग, महासचिव मनी तामाङ्ग र अध्यक्ष ज्ञान तामाङ्गले अस्पतालको भिजिटर कक्षमा बिरामी घमानसिङ तामाङ्गकी धर्मपत्नी श्रीमती उमा वाईबालाई भेटी खादा लगाई उहाँको श्रीमानको शीघ्र स्वास्थ लाभको कामना गरेका थिए । आपत बिपतको घडीमा धैर्यवान, संयम र लगनशील भई आफ्नो लक्ष्यमा अडिग रहन पनि सोसाइटीको टोलीले ढाडस दिएको थियो ।
केही महिनाअघि नेपालको उदयपुरबाट बेलायत आएका तामाङ अचानक बेहोस भएर ढलेका थिए । उनको टुटिङ लण्डनस्थित सेन्ट जर्ज अस्पतालमा उपचार भइरहेको छ ।

विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]