
लण्डन । गैरआवासीय नेपाली संघ युकेको वार्षिक साधारणसभा अगष्ट ६ मा हुने भएको छ ।
वर्तमान कार्य समितिले पदभार ग्रहण गरेको ठिक एक वर्ष पुगेको दिन पारेर सो साधारण सभाको आयोजना गरिएको एनआरएनए युकेले जनाएको छ ।
विगतमा वार्षिक साधारण सभाको आयोजना गर्ने प्रचलन थिएन । संघ/ संस्था प्रतिनिधीहरु सहभागी गराइ प्रतिनिधि सभाको मात्र आयोजना गरिन्थ्यो । यस पटक संघ संस्थाका प्रतिनिधिहरुका अलावा गैर आवासीय नेपाली संघका पन्जिकृत सदस्यहरुलाई समेत बोलाएर साधारण सभा आयोजना गर्न लागिएको हो ।
कार्यसमिति जहिले पनि संघका सदस्यहरुप्रति उत्तरदायी हुनु पर्दछ भन्ने मान्यताका साथ सो साधारण सभा बोलाइएको बताइएको छ । ”हामीले पन्जीकृत सदस्यहरु र बेलायतमा रहेको नेपाली संघ संस्था, ब्यापारी बुद्धिजीवीहरु तथा समाजका प्रवुद्ध वर्गलाई राखेर हामी यस अवधिमा गरेका कार्यहरुलाई प्रस्तुत गर्ने तथा आगामी कार्यदिशाका लागी उहाँहरुबाटै सरसल्लाह लिने नीतिअनुरुप यसरी साधारण सभाको बोलाइएको हो”, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।
साधारण सभामा कार्य समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान तथा नीतिगत विषयमा छलफल गरिने छ । अध्यक्ष प्रेम गाहा मगरका अनुसार साधारण सभामा गैर आवासीय नेपालीहरुका सरोकारका विषयहरुमा विज्ञहरुलाई बोलाएर विषयगत छलफल गराइने छ । यसका लागि गैर आवासीय नेपाली संघ युकेले आफ्नो तयारी सुरु गरिसकेको कुरा अध्यक्ष गाहा मगरले जनाएका छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?