
झापा । भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा विगत सात महिनादेखि झापा कारागारमा थुनामा हुनुहुन्छ ।
उहाँ गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ पर्नुभएको थियो ।
चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको साथमा १०० डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद भएपछि उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।
गत मङ्सिर २४ गते झापा जिल्ला अदालतमा पेश गरिएपछि उहाँलाई खोटा मुद्रासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश जारी गरिसकेको प्रवक्ता पाठकको भनाइ छ । अदालतको आदेशपछि उहाँ झापा कारागारमा हुनुहुन्छ ।
घरमा आमा मात्र रहेका चौधरी ‘मनी इज नथिङ’ नामक सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि नेपालको पहाडी पर्यटकीय स्थानको यात्राका लागि नेपाल आएको उहाँले झापा जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ ।
हाल झापा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको चौधरीको मुद्दामा चासो बढेको पाइएको छ । सात महिनादेखि झापामा प्रहरी हिरासत र कारागारमा रहेको उहाँको अवस्थाको बारेमा भर्खरै मात्र सार्वजनिक भएको हो । भारतीय फोटो पत्रकार चौधरी निर्दोष रहेको भन्दै उहाँको रिहाइका लागि पहल गर्न थालिएको छ । उहाँ नक्कली नोटको कारोवारी नभएको दाबी गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले रिहाइका लागि अनुरोध गर्नुभएको छ । उहाँले छिट्टै मुद्दाको छिनोफोनो हुनुपर्ने माग गर्नुभएको छ ।
नेसनल जिओग्राफी, वर्ल्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डियालगायतका सञ्चारमाध्यममा चौधरीले स्वतन्त्र (फ्रिलान्सर) फोटो पत्रकारको रुपमा काम गरेको र उहाँको आफ्नै ‘स्निपर मंक ट्राभल्स’ नामक युट्युब च्यानल सञ्चालनमा रहेको अध्यक्ष वन्तले जानकारी दिनुभयो । चौधरीले नक्कली मुद्रा अपचलनका लागि नभएर भिडियो सुटिङका लागि मात्र अमेरिकी डलरको फोटोकपी गरेको पाइएको हुँदा उहाँको रिहाइ हुनुपर्ने माग गरिएको अध्यक्ष वन्तले बताउनुभयो ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित