
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छ फरक विधाका कलाकारहरूलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले सङ्गीत तथा नाट्य क्षेत्रका छजना वरिष्ठ सर्जकहरूलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
रङ्गमञ्च विधामा रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा जलतरङ्ग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, नाट्य विधामा नाट्यकर्मी मनबहादुर मुखिया, सङ्गीत विधामा सर्जक मोहनकृष्ण कार्की, ढली तथा लोक सङ्गीत विधामा लोक सर्जक अमर विरही गुरुङले पुरस्कार पाउनुभएको छ । उहाँहरूले ताम्रपत्रसहित जनही रु एक लाख एक पाउनुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउनु प्रतिष्ठानको दायित्व रहेको बताउनुभयो । उहाँले सम्मानित स्रष्टा तथा सर्जकहरू राष्ट्रका यस्ता गहना भएको उल्लेख गर्नुभयो ।
प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठान छिट्टै नै भाडाको घरबाट आफ्नै प्रशासनिक भवनमा सरेर आगामी गतिविधिहरूलाई निरन्तरता दिने उहाँले जानकारी गराउनुभयो ।
उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउनुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल