कर्मा पहाडीले ल्याए ‘बाउले चिठ्ठी पठाउँथे’

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पाको नयाँ गीत सार्वजनिक भएको छ ।

निर्मला थापामगर युट्यूब च्यानलबाट युट्यूबमा सार्वजनिक गरिएको सो गीतमा शेर्पा र निर्मला थापामगरको श्वर रहेको छ ।

गीतमा परदेशिएको बाउ र आमाको सन्चारसम्पर्क, घरको कमजोर आर्थिक अवस्थाका बारेमा छोराछोरीका तर्फबाट कोरिएको भावना समेटिएको छ ।

कर्मा पहाडी शेर्पा र सुरेश रानामगरको शब्द रहेको सो गीतमा सुरेश राना मगरले संगीत दिएका छन् । गीतको रेकर्डिङ रवि सुनारले गरेका छन् ।

साथै गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भागिरथी गाहामगरले सो भिडियोको निर्देशन गरेकी छिन् । गीतमा रमेश थापा र जुना गुरुङको मूल अभिनय छ भने बालकलाकारले साथ दिएका छन् ।

राजनीति, खेलकुद, समाजसेवामा एक साथ सक्रिय शेर्पाको यसअघि पनि गीत बजारमा आइसकेको छ भने निर्मला थापामगरको पनि थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री