
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति पदमबहादुर गुरुङले गोरखा स्मारक साल्मेडाँडालाई राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।
गुरुङले एक विज्ञप्ति जारी गर्दै बेलायतले विभिन्न लडाइँ र विश्वयुद्धमा नेपाली युवाहरुमाथि जातिय नरसंहार गरेको र करिब ८० हजार नेपालीहरु बेपत्ता पारेको आरोप लगाउँदै त्यसको मानवीय क्षतिपूर्तिका लागि साल्मेडाँमा स्मारकको अवधारणा आफूले ल्याएको बताएका छन् ।
परियोजनालाई विभिन्न पाँच चरणमा विभाजन गरी वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको डिजाइन र पूर्व गोरखा सैनिकहरु तथा उनीहरुको सन्तानको लगानीमा आफूले २०७० देखि निर्माण गर्न शुरु गरेको उनले जानकारी दिएका छन् । सो परियोजना पूरा भयो भने बेलायतले नेपालमाथि गरेका अपराधका षड्यन्त्रहरु विश्वसामू छताछुल्ल हुने र गोरखाहरु मानव तस्करी गरिएका गैरसैनिक थिए भन्ने प्रमाणित हुने भएकाले सो योजना पूरा हुन नदिन शुरुबाटै विभिन्न षड्यन्त्र गरिएको आरोप उनले लगाएका छन् ।
यसक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा गणेशमान गुरुङ र डा चन्द्रबहादुर गुरुङलाई प्रयोग गरिएको गम्भीर आरोप उनले लगाएका छन् । नेपाल र बेलायत दुवै राज्यबाट एक पैसा सहयोग नलिई गोरखाहरुकै सहयोगमा सो स्मारक निर्माण गर्ने आफ्नो अवधारणा विपरीत गुरुङद्वयले नेपाल सरकारका विभिन्न मन्त्रालयहरुबाट ५ करोड ८० लाख रुपियाँ निकासा गरेको पनि उनले बताएका छन् ।
नेपालका राष्ट्रपति र बेलायती महारानीको संयुक्त बाहुलीबाट सो स्मारक उद्घाटन गर्ने आफ्नो योजनाविपरीत गुरुङद्वयले नेपालका मन्त्री लगेर उद्घाटन गरेको पनि उनले आरोप लगाएका छन् ।
उनले सो परियोजना नेपाल र बेलायतका तत्कालिन साशकहरुको स्वार्थका लागि बिनाकारण युद्धमा पठाइएका र त्यहाँ मारिएका, बेपत्ता बनाइएका हजारौँ निर्दोष युवाहरुको चिर शान्ति र सम्झनामा निर्माण गरिन लागेको स्मारक भएको पनि बताएका छन् ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता