
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति पदमबहादुर गुरुङले गोरखा स्मारक साल्मेडाँडालाई राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।
गुरुङले एक विज्ञप्ति जारी गर्दै बेलायतले विभिन्न लडाइँ र विश्वयुद्धमा नेपाली युवाहरुमाथि जातिय नरसंहार गरेको र करिब ८० हजार नेपालीहरु बेपत्ता पारेको आरोप लगाउँदै त्यसको मानवीय क्षतिपूर्तिका लागि साल्मेडाँमा स्मारकको अवधारणा आफूले ल्याएको बताएका छन् ।
परियोजनालाई विभिन्न पाँच चरणमा विभाजन गरी वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको डिजाइन र पूर्व गोरखा सैनिकहरु तथा उनीहरुको सन्तानको लगानीमा आफूले २०७० देखि निर्माण गर्न शुरु गरेको उनले जानकारी दिएका छन् । सो परियोजना पूरा भयो भने बेलायतले नेपालमाथि गरेका अपराधका षड्यन्त्रहरु विश्वसामू छताछुल्ल हुने र गोरखाहरु मानव तस्करी गरिएका गैरसैनिक थिए भन्ने प्रमाणित हुने भएकाले सो योजना पूरा हुन नदिन शुरुबाटै विभिन्न षड्यन्त्र गरिएको आरोप उनले लगाएका छन् ।
यसक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा गणेशमान गुरुङ र डा चन्द्रबहादुर गुरुङलाई प्रयोग गरिएको गम्भीर आरोप उनले लगाएका छन् । नेपाल र बेलायत दुवै राज्यबाट एक पैसा सहयोग नलिई गोरखाहरुकै सहयोगमा सो स्मारक निर्माण गर्ने आफ्नो अवधारणा विपरीत गुरुङद्वयले नेपाल सरकारका विभिन्न मन्त्रालयहरुबाट ५ करोड ८० लाख रुपियाँ निकासा गरेको पनि उनले बताएका छन् ।
नेपालका राष्ट्रपति र बेलायती महारानीको संयुक्त बाहुलीबाट सो स्मारक उद्घाटन गर्ने आफ्नो योजनाविपरीत गुरुङद्वयले नेपालका मन्त्री लगेर उद्घाटन गरेको पनि उनले आरोप लगाएका छन् ।
उनले सो परियोजना नेपाल र बेलायतका तत्कालिन साशकहरुको स्वार्थका लागि बिनाकारण युद्धमा पठाइएका र त्यहाँ मारिएका, बेपत्ता बनाइएका हजारौँ निर्दोष युवाहरुको चिर शान्ति र सम्झनामा निर्माण गरिन लागेको स्मारक भएको पनि बताएका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?