
लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी(जीआरएनसी) यूकेले नेपाली नयाँ वर्ष विविध कार्यक्रम गरी मनाएको छ ।
एम्पाएर ब्यान्क्वेटिङ हल अल्डरसटमा आइतबार एक विशेष समारोहबीच नेपाली नयाँ वर्ष २०७९ मनाइएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथिहरु रसमुरका मेयर काउन्सिलर ब्रुस थोमस, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुन, काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड थिए भने अध्यक्ष मान गुरुङ लगाएत प्रमुख अथिति र विशेष अतिथिद्वय मेयर ब्रुस र डा पुनले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए । लगत्तै कार्यक्रम संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङले स्वागत मन्तब्य राखेको थियो।
अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम सञ्चालकद्वय उपाध्यक्ष माया डंगोल केसी र सचिव डा विशाल गुरुङले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराएका थिए । कार्यक्रममा नेपाल तथा बेलायतको राष्ट्रिय गान बजाइएको थियो । पहिलो सत्रको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरु र अध्यक्ष गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
दोस्रो सत्रको कार्यक्रम सांस्कृतिक उपसचिव बिमल गुरुङ र कार्यक्रम सहसंयोजक सुष्मा गुरुङले गरेको थियो। प्रशिक्षित जीआरएनसीका नानीहरु र सयपत्री कल्चरल समूहले उत्कृय्ट नृत्यहरु प्रस्तुत गरेका थिए । यस्तै डीयमटी ब्याण्डले नेपाली सांगीतिक धुन बजाएको थियो भने दिनेश गुरुङ, कविता घर्ती मगर गुरुङ र कुमार गुरुङले गाएको थिए ।
स्मरण रहोस् नृत्य प्रशिक्षक कविता घर्ती मगर गुरुङ र संस्कृत सचिव अबिसा गुरुङले करिब २ महिना अघिदेखि शिव कल्चर एंड कम्युनिटीमा नृत्य कक्षा संचालन गरेका थिए ।
उक्त कार्यक्रमको कार्यक्रम संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङ, कार्यक्रम उपसंयोजकहरु कुमार गुरुङ, सुष्मा गुरुङ र विशाल गुरुङ थिए भने संचालकमा मिया डंगोल केसी र बिमल गुरुङ, सांस्कृतिकमा अबिसा गुरुङ र कविता घर्ती मगर गुरुङ, म्यागजिनमा सदस्य जुमकाजी गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, संचार सचिव मिलन गुरुङ र सल्लाहकार मेजर रि खिम गौचन, टिकेटमा कोषाध्यक्ष चन्दन गुरुङ र सदस्य श्याम श्रेष्ठ, म्युजिकमा हेम बिस्ट, खाना र हल एम्पायर हल, विशेष सहयोग सल्लाहकार शान्त गुरुङ, उपध्यक्ष लिला सेलिङ्ग माबो, सदस्य हेम गुरुङ आदि थिए।
कार्यक्रममा लक्की ड्रमा प्रथम पुरस्कार एक तोला सुन श्री लकी ज्वेलरीले प्रायोजन गरेको थियो । विभिन्न ब्यापारिक प्रयोजन र व्यक्तिगत प्रयोजन गर्नुहुने महानुभाव, कार्यक्रमको समूह लगायतलाई प्रत्यक्ष अथवा अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सबैलाई अध्यक्ष गुरुङले विशेष धन्यवाद दिएका छन् ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु