बेलायती सैन्यमा छ वर्ष सेवा गरेका गोरखाहरूलाई ‘भिजा फ़ी’नलाग्ने

लण्डन । बेलायती सेनामा छ वर्ष वा सोभन्दा बढी अवधि काम गरेका गोरखा सैनिकहरूलाई सेवापश्चात बेलायतको आवासीय अधिकारका लागि आवेदन गर्दा लाग्ने शुल्क हटाइएको छ ।

बेलायती रक्षा मन्त्री बेन वालिसले ‘छ वर्ष वा सोभन्दा बेलायती सेनामा काम गरेका सैनिकहरूलाई बेलायतमा बसोबासका लागि आवेदन गर्दा लाग्ने शुल्क हटेको घोषणा गर्न पाउँदा हर्ष लागेको’ बताएका छन् ।

बेलायतको गृह तथा रक्षा मन्त्रालयको संयुक्त पहलमा बेलायती सेनामा कार्यरत ग़ैरबेलायती सैनिकहरूलाई बेलायतको आवासीय अधिकार आवेदन गर्दा लाग्ने शुल्क हटाइएको हो। यो निर्णयको बुधवार (आज) औपचारिक घोषणा हुँदैछ ।

सरकारको यो निर्णयबाट गोरखा सैनिकहरूका साथै फिजियन र कमनवेल्थ मुलुकका बेलायती सेनामा कार्यरत सैनिकहरू लाभान्वित हुनेछन्।

बेलायती सेनामा करिब ७ प्रतिशत हिस्सा गैरबेलायती सैनिकको छ ।

उनीहरूले सेवाबाट अवकाश पाएपछि बेलायतमा बसोबासका लागि आवेदन दिंदा लाग्ने शुल्क महंगो भएको भनी आलोचना हुँदै आएको थियो । चारजनाको परिवारको भिजा फी करिब १० हज़ार स्टर्लिंग पाउण्ड लाग्ने गरेको छ । नयाँ निर्णयबाट सैनिकहरूले करिब २ हज़ार ४०० पाउण्ड सहुलियत पाउने छन् ।

बेलायत सरकारले सैनिकहरूको परिवारको भिजा फ़ी भने यथावत राखेको छ । सो कदमको बेलायतकै सांसदहरूले आलोचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री