लण्डन । बेलायतले नेपाललाई दिएको आठ लाख डोज कोरोना खोप आज नेपाल पुगेको छ ।
आष्ट्राजेनिकाले उत्पादन गरेको सो खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले जानकारी दिएकी छिन् ।
यसबाहेक अरु १३ लाख डोज पनि छिट्टै नेपाल आइपुग्ने उनले थपिन् ।
बेलायतले नेपाललाई कोभिड सहायता (कोभ्याक्स)स्वरुप २१ लाख डोज आष्ट्राजेनिकाको खोप दिने वाचा गरेको छ ।
राजदुत पोलिटले नेपालमा कोरोना खोप अभियान प्रभावकारी रुपमा परिचालन भइरहेको र यसले बालबालिकाको पठनपाठन तथा व्यवसाय यथावत सन्चालनमा सहयोग गर्ने बताएकी छिन् ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न