बेइजिङ। बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ ।
२४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति समारोहमा सरीक हुनुभएको छ । समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका नेता पनि उपस्थित हुनुभएको छ ।
मधुर बत्तीहरूको प्रकाशसँगै २४ सेकेण्ड गन्ती गरी भव्य सजावटसहितको उद्धघाटन समारोह सुरू गरिएको हो । चिनियाँ जनताले समयको बुझाइलाई झल्काउँदै यो समारोहको अन्तिम सेकेण्डको गणना गर्न प्रयोग गरिएको हो । सन् २०२२ को शीतकालीन ओलम्पिकको उद्घाटन र चिनियाँ पर्व ‘स्प्रिङ फेस्टिवलको सुरुवात’ संयोगवस एकै दिन परेको छ । वर्षको २४ सौर्यकाल मध्ये पहिलो अवधिलाई स्प्रिङ पर्वका रूपमा एक महिनासम्म मनाउने चिनियाँ चलन छ । शीतकालीन ओलम्पिक पनि यसै चिनियाँ फेस्टिबलको समय परेकोले चिनियाँहरूले यसलाई दोहोरो खुशीका रूपमा मनाउने बताएका छन् ।
चीनको राजधानी बेइजिङको बर्ड्स नेस्ट स्टेडियममा पाँचदेखि ७० वर्षभन्दा बढी उमेर समूहका नृतङ्गनाहरूले प्रदर्शन गरेका छन् ।
‘स्क्वायर डान्स’ साधारण चिनियाँ जनताको सिर्जना हो र यो समारोहमा निकै लोकप्रिय हुने मानिएको छ । ‘स्क्वायर डान्स’ ठूला वा साना सहरका सार्वजनिक चोकहरूमा मानिसहरू हर्षोल्लासका साथ गीत गाउन र नाच्न एकसाथ भेला हुनेगर्छन् । कोरियोग्राफ गरिएको यस प्रदर्शनले ओलम्पिक शीतकालीन खेललाई स्वागत गर्दा चिनियाँ जनताको भावना प्रकट हुने भएकाले यसलाई पनि समारोहमा समावेश गरिएको हो ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?