काठमाडौं । नेपाली मौलिक गीतहरुको संगालो रोधीघर (चुड्का र कौह्रा) को भाग ३ को छायांकन सकिएको छ ।
बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमु र गायक, संगीतकार तथा रचनाकार रामकुमार (आरके) गुरुङको नयाँ म्यूजिक भिडियोको मंगलबार काठमाडौंको धापासीस्थित मेगा सिटी हाइटमा छायांकन गरिएको हो ।
गीतको छायांकन कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका प्रमुख संरक्षक मेजर खुसीमान गुरुङ (एमभिओ), उहाँकी धर्मपत्नी मञ्जु गुरुङ, युवा व्यवसायी विजय गुरुङ, हङकङ निवासी चलचित्रकर्मी सुवास गुरुङलगायत पनि सामेल भएका थिए ।
मिलन तमुको शब्द रहेको गीतमा स्वर आरके गुरुङ र तारा श्रीस, पबित्रा गुरुङ र प्रितम गुरुङको रहेको छ भने लय आरके गुरुङले गरेका छन् । एरेन्ज तेजेन्द्र गुरुङ, छायांकन शम्भू चालिसे, श्रृंगार अनु गुरुङ, निर्देशक तथा कोरियोग्राफर दिप गुरुङको रहेको छ भने नृत्यमा पश्चिमाञ्चल कल्चर ग्रुपको रहेको गायक आरके गुरुङले जानकारी दिए । उनका अनुसार रोधीघर भाग ३ अर्को हप्ता रिलिज गर्ने तयारी रहेको छ ।
रोधीघर भाग १ र २ को अपार सफलतापछि गीतकार एवम् सञ्चारकर्मी तमुले अर्को भाग प्रस्तुत गरेका हुन् । भूपू ब्रिटिस आर्मी तमु र आरके गुरुङले २०७५ सालमा रोधिघर भाग २ ल्याएका थिए । ‘पहिलो र दोस्रो भाग धेरैले मन पराउनुभयो । त्यसैले नयाँ भाग तयार गर्दैछौं,’ गीतकार तमुले भने । यसअघि नै रोधिघर भाग ३ ल्याउने तयारी भए पनि कोरोना भाइरस महामारीका कारण ढिला भएको तमुको भनाइ छ ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न