कियभ । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको छ । उहाँहरुका बीचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो । उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो ।
साथै युक्रेनको पछिल्लो सुरक्षा अवस्थाका बारेमा पनि उहाँहरुका बीचमा कुराकानी भएको युक्रेनी राष्ट्रपति जेलिन्स्किीको सचिवालयले जानकारी दिएको छ ।सो भेटवार्तापछि उहाँहरुद्धारा जfरी गरिएको संयुक्त प्रेस वक्तव्यमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना प्राप्त भएकाले यदि त्यसो भयो भने रुसका लागि त्यो कार्य महंगो पर्न जाने उल्लेख गरिएको छ ।
रुसले युक्रेनी सीमा क्षेत्रमा आक्रमण गर्ने सूचना प्राप्त भएको कुरा अमेरिकाले बताउँदै आएको छ । यसैकारणले बेलायत र अमेरिकाले आफ्ना दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । तर सो कार्यको रुसले भने खण्डन गर्दै आएको छ । रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार