काठमाडौँ । मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित हासिल गरेको छ ।
दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको हो । नेपालको जितमा सुजन श्रेष्ठको गोल निर्णायक बन्यो ।
खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गरेका थिए ।
मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण रह्यो र तीन खेलाडी र एक अफिसियलले रातो कार्ड पाए । नेपालका एक र मोरिससका दुई खेलाडीले रातो कार्ड पाए । खेलमा नेपालका अफिसियल विकास मल्ललेसमेत रातो कार्ड पाए ।
खेलमा म्यान अफ द म्याच नेपालका किरण गुरुङ बने । उनले ७५ हजार रुपैयाँ पुरस्कार पाए ।
यसअघि शनिबार भएको पहिलो खेलमा समेत नेपाल १ शून्यले विजयी भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा