
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउनुभएको छ । उहाँले सोमबार भन्नुभयो– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको बताउनुभयो ।
तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना रुसले आफ्नै भूभागतर्फको सुरक्षाका लागि मात्र रहेको पनि राजदूत नेभेजियाले बताउनुभएको छ ।यसरी आफ्नो भूभागमा सेना राख्दैमा त्यसलाई आक्रमण नै गर्न लाग्यो भन्नु पश्चिमा देशहरुले रुसमाथि लगाएको आरोपमात्र भएको उहाँले बताउनुभएको छ ।
युक्रेनको सीमा क्षेत्रमा रुसले केही महिनादेखि ठूलो संख्यामा सेना तैनाथ गरेको जनाएको छ ।तर ती सेना रुसले युक्रेनलाई आक्रमण गर्नका लागि राखेको भन्दै अमेरिका र बेलायतले त आफ्ना नागरिकलाई युक्रेनबाट स्वदेश फिर्ता पनि बोलाएका छन् ।
अमेरिका र बेलायतले युक्रेनमा रहेको आफ्नो दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । साथै ती देशले अत्याबश्यक कामबाहेक युक्रेनको भ्रमणमा पनि नजान आफ्ना नागरिकलाई भनेका छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक