लण्डन । कोरोना भाइरस नियन्त्रणका लागि बेलायतमा राष्ट्रव्यापी लकडाउन चलिरहँदा बेलायती प्रधानमन्त्रीको कार्यालयमा भने १६ वटा पार्टी आयोजना भएको पाइएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो कार्यालयमा त्यस्ता पार्टीहरु आयोजना गरिएको समाचार सार्वजनिक भएपछि त्यसबारे छानविन गर्न सरकारका सचिव सु ग्रेलाई छानविनको जिम्मा दिएका थिए । ग्रेले आज प्रधानमन्त्री जोन्सनलाई बुझाएको बहुप्रतीक्षीत प्रतिवेदनको संशोधित प्रतिमा सो कुरा उल्लेख छ ।
सन् २०२० मे १५ देखि १६ अप्रिल २०२१ सम्ममा प्रधानमन्त्री कार्यालय मातहतका विभिन्न स्थानमा त्यस्ता पार्टीहरु आयोजना भएको प्रतिवेदनमा उल्लेख छ । जसमा प्रधानमन्त्री जोन्सनको जन्मदिन, उनका विशेष सल्लाहकार डोमिनिक कमिङको बहिर्गमन, क्रिसमस, प्रधानमन्त्रीका कार्यालयका विभिन्न कर्मचारीहरुको विभिन्न समयमा विदाईका अवसरमा त्यस्ता पार्टीहरु आयोजना भएको बताइएको छ ।
तीमध्ये १२ वटा पार्टीहरुमा लण्डन प्रहरीले अनुसन्धान गरिररहेको बताइएको छ ।
आफूले चाहेजस्तो प्रतिवेदन प्रहरी अनुसन्धानका कारण दिन नसकेको सचिव ग्रेले बताएकी छिन् भने कसैलाई व्यक्तिगतरुपमा दोषारोपण नगरी प्रधानमन्त्री कार्यालयअन्तर्गतका विभिन्न विभागीय नेतृत्वको असफलता र विवेक प्रयोग गर्न नसकेको निस्कर्ष निकालेकी छिन् ।
‘कतिपय पार्टीहरु आयोजनाका लागि अनुमति दिनै हुँदैनथ्यो’ उनले भनेकी छिन् ।
उनले सो रिपोर्ट तयार गर्नका लागि ७० जनासित अन्तर्वार्ता गरेकी थिइन् ।
सो प्रतिवेदनले सत्तारुढ टोरी पार्टी र बेलायतको राजनीतिमा के कस्तो प्रभाव पार्छ आगामी दिनमा खुल्दै जानेछ
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार