काठमाडौँ । भारतका रघुराम श्रीनिवासलाई राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा नियुक्त गरिएको छ ।
ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आइसिसी टि–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रुपमा नियुक्त गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । उहाँ आजै नेपाल आइपुग्नुभएको हो ।
नेपाली टोलीले आइसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई छन् । आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘क’ मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स तथा समूह ‘ख’ मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । नेपालले आगामी फागुन ६ गते ओमानसँग पहिलो खेल खेल्नेछ । दुवै समूहबाट फाइनलमा पुग्ने दुई टोलीले आगामी अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपमा स्थान बनाउने छन् ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण