बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच बिहीबार फोनवार्ता भएको छ । उहाँहरुका बीचमा खासगरी दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र समझ्दारीका विषयमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनमा भएको राजनीतिक विकासक्रमका विषयमा पनि कुराकानी भएको थियो । युक्रेनमा रुसले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ रहेका आफ्ना दूताबासहरुबाट अमेरिका, बेलायतलगायतका केही देशले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएका छन् ।
तर यहाँ आक्रमणको कुनै पनि योजना नरहेको रुसले दाबी गर्दै आएको छ । कतिपय विदेशी मिडियाहरुले युक्रेनको सीमा क्षेत्र नजिकै रुसले ठूलो संख्यामा रुसी सेना राखेको बताउँदै आएका छन् । यसका अतिरिक्त उहाँहरुबीच केही समय अघि भएको चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भिडियो कन्फ्रेन्समा भएको द्धिपक्षीय विषयहरुको कार्यान्वयनका विषयमा बढी कुराकानी भएको थियो ।
चिनियाँ विदेश मन्त्रालयले उक्त द्विपक्षीय वार्ताका क्रममा केही समय अघि भएको दुई देशका राष्ट्रपतिहरुबीचको समझ्दारीको कार्यान्वयनका विषयमा बढी केन्द्रित भएको जानकारी दिएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा