खोटाङ । नेपालका पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् ।
सोलुखुम्बुका गीतकार/निर्देशक बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ, मोडल/डान्सर सृजना किराती, स्याङ्जाकी दोहोरी गायिका माया गुरुङ र तनहुँका पत्रकार/गीतकार शिखरजंग श्रेष्ठ (गजरकोटे)ले अग्लो उचाईमा ‘सुन्दर हिमाल’ बोलको गीत रेकर्डसँगै सोही गीतको म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।
पाँच हजार २० मिटरको उचाईमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर गीत रेकर्डसँगै म्युजिक भिडियो छायांकन गरेको दावीलाई गिनिज बुकले मंगलबार राति मान्यता दिएको पत्रकार/गीतकार श्रेष्ठले जानकारी दिए ।
उनीहरुले गीत रेकर्डिङ र भिडियो छायांकनको काम १ सेप्टेम्बर २०२१ मा पूरा गरेका थिए । गिनिज बुकको यस मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्युजिक भिडियो अन ल्याण्ड शीर्षकमा नेपाली युवा सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको दाबी गरिएको छ ।
गीतकार/निर्देशक बुद्धिराजले लेखेको गीतमा डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर छ । नाछिरिङलाई गायिका गुरुङ र पत्रकार/गीतकार श्रेष्ठले कोरस गायनमा साथ दिएका छन् । गीतका लागि शिवराज जोशीले मादल, डम्बरसिंह राईले बाँसुरी र नाछिरिङले किबोर्ड बजाएका छन् ।
रेकडिष्टको भूमिका श्रेष्ठको छ । खारे आसपासमै छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराजले गरेका छन् । म्युजिक भिडियोमा स्वयं बुद्धिराज, मोडल किराती, पत्रकार/गीतकार श्रेष्ठ र पर्यटन व्यवसायी लक्ष्मण कार्की लगायतले अभिनय गरेका छन् ।
गंगाराम राईको छायांकन रहेको म्युजिक भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै युट्युब च्यानलबाट सार्वजनिक गरिने श्रेष्ठले बताए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार