
काठमाडौँ । नेपाली फुटबलको राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार खड्काले पेश गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा खुलेको छ । आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकूद समितिमा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खड्काले प्रहरीमा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको देखिन्छ । उक्त प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ । आयोगले बिगोबमोजिमको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]