बेइजिङ । चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् ।
बेइजिङले जनसंख्याको बढ्दो संकटको सामना गरिरहेको छ किनभने यसले द्रुत रूपमा वृद्ध कार्यबल, सुस्त अर्थतन्त्र र दशकहरूमा देशको सबैभन्दा कमजोर जनसंख्या वृद्धिको सामना गरिरहेको छ । राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार सन् २०२० मा १००० व्यक्तिमा ८.५२ दर रहेकोमा सन् २०२१ मा ७.५२ मा झरेको सो विभागले जनाएको छ ।
सो विभागकाअनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड सुरु भएयता यो तथ्याङ्क सबैभन्दा कम हो । सन् २०२१ मा चीनमा एक करोड ६ लाख २० हजार जन्मदर्ता गरेको छ । यससँगै देशको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ ।
”जनसांख्यिकीय चुनौती राम्ररी थाहा छ तर जनसंख्या बुढ्यौलीको गति अपेक्षा भन्दा छिटो छ,“ पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवेई झाङले बताउनु भएको छ । “यसले चीनको सम्भावित बृद्धि अपेक्षा गरेभन्दा छिटो नहुने संकेत पनि गर्छ,“ उहाँले भन्नु भएको छ ।
एक दशकमाा एक पटक गरिने गतवर्षको जनगणनाको नतिजाअनुसार चीनको जनसंख्या सन् २०६० पछि सबैभन्दा कम दरमा बढेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा