स्टकहोम । स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।
“द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको पुष्टि भएको छ,” उहाँका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
पार्टीका नेताहरुसँगको बैठकपछि उहाँलाई सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ अहिले सेल्फ आइसोलेसनमा रहनु भएको र उहाँले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ ।
सञ्चार सचिव जोन एक्स्ट्रोमले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र आवश्यक स्वास्थ्य उपचार भइरहेको जानकारी पनि दिनुभयो ।
स्विडेनमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेहरुको सङ्ख्या तिव्र रुपमा बढ्दै गएको छ ।
सरकारी अधिकारीहरुका अनुसार बिहीबार मात्रै थप २२ हजार ५६४ जना नयाँ सङ्क्रमित थपिएका छन्।
महामारी बढ्दै गएकाले कतिपय गतिविधिहरु गर्न प्रतिवन्ध पनि लगाइएको छ । बार तथा रेष्टुरेन्ट बन्द गराउने, ५०० जनाभन्दा बढी मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइनेलगायतका नियम लागू गरिएको छ ।
समयमै उच्च सतर्कता नअपनाइएमा अवस्था भयावह हुनसक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक