स्टकहोम । स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।
“द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको पुष्टि भएको छ,” उहाँका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
पार्टीका नेताहरुसँगको बैठकपछि उहाँलाई सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ अहिले सेल्फ आइसोलेसनमा रहनु भएको र उहाँले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ ।
सञ्चार सचिव जोन एक्स्ट्रोमले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र आवश्यक स्वास्थ्य उपचार भइरहेको जानकारी पनि दिनुभयो ।
स्विडेनमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेहरुको सङ्ख्या तिव्र रुपमा बढ्दै गएको छ ।
सरकारी अधिकारीहरुका अनुसार बिहीबार मात्रै थप २२ हजार ५६४ जना नयाँ सङ्क्रमित थपिएका छन्।
महामारी बढ्दै गएकाले कतिपय गतिविधिहरु गर्न प्रतिवन्ध पनि लगाइएको छ । बार तथा रेष्टुरेन्ट बन्द गराउने, ५०० जनाभन्दा बढी मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइनेलगायतका नियम लागू गरिएको छ ।
समयमै उच्च सतर्कता नअपनाइएमा अवस्था भयावह हुनसक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’