लमजुङ । लोकगायक राजु परियार सम्मानित भएका छन् ।
लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो ।
एमालेको केन्द्रीय उपमहासचिव एवम्ं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन् ।
लोकलयलाई गायकीका माध्यमबाट नेपाली सांगीतिक आकाशलाई चम्किलो बनाउन सफल, स्थानीय लोक भाकालाई टपक्क टिपेर अन्तरा जडित मुर्छनाबाट गाउँवस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेद र युगल भावलाई लोक गीतका माध्यमबाट विश्वभर चिनाउन सफल भएको भन्दै सम्मान गरेको हो ।
२०३७ जन्मिएका परियारले ९ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् । उनले अहिलेसम्म १३ हजार बढी गीतमा स्वर दिइसकेका छन् । गायक परियारले प्रवल जनसेवा श्री चौथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभा, रेडियो, एफएम देश तथा विदेशका विभिन्न संघसंस्थाबाट सम्मान र पुरस्कार पाएका छन् ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?