काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचन आगामी १५ जेठ गते हुने भएको छ ।
एन्फा कार्यसमितिको बैठकले आवधिक निर्वाचनका लागि १५ जेठको मिति तय गरेको एन्फा स्रोतले जानकारी दियो ।
वैशाख २०७५ मा भएको एन्फाको पछिल्लो निर्वाचनबाट कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । एन्फाको विधानअनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन गर्नुपर्छ ।
वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलगायत कार्यसमितिका सात असन्तुष्ट पदाधिकारी तथा सदस्यहरूले बैठकको लिखित माग गरेपछि एन्फाको बैठक बिहीबारलाई बोलाइएको थियो ।
१९ एजेन्डामा छलफलका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्य किरण राईले थप्न चाहेका तीनसहित २२ विषयमा छलफल भइरहेको छ ।
बिहीबार बैठक सम्पन्न नभएपछि शुक्रबारसम्म लम्बिएको थियो ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक