लन्डन । विवाहका लागि अधिकांश मानिसले डेटिङ एप्स वा म्याचमेकिङ वेबसाईटको सहयोग लिन्छन् । अथवा कोहीले साथीको सहयोगमा प्रेमिका छनौट गर्छन् । तर बेलायतका मुहमद मलिकले भने अनौठो उपाय रोजेका छन् ।
२९ वर्षीय मलिकले भने भावी दुलही खोज्न बेलायतको प्रख्यात सहर बर्मिङघाममा बिलबोर्डमा प्रचार नै गरेका छन् । उनले बिलबोर्डमा आफ्नै तस्बीर राखेका छन् । ‘मलाई एरेन्ज म्यारिज हुनबाट बचाउ,’ विलबोर्डमा उनले लेखेका छन् । बोर्डमा उनले आफ्नो वेबसाईटको नाम पनि लेखेका छन्, ताकी हुनेवाला दुलहीले उनीसँग सम्पर्क गर्न सकून् ।
उनको छुट्टै वेबसाईट पनि छ । भिडियोको नाम नै ‘फाइन्ड मलिक अ वाईफ’ अर्थात मलिकलाई पत्नि खोज भन्ने छ । आफू एक उद्यमी, खानेकुरा मनपराउने, धार्मिक प्रवृत्तिको बताएका छन् ।
‘मैले विवाहका लागि अहिलेसम्म उपर्युक्त कन्या पाइनँ । केटी खोज्न गाह्रो भयो । त्यही भएर विलबोर्डमा आफ्नै विज्ञापन गरेको हुँ,’ आफ्नो अस्वभाविक तरिकाबारे उनले वेबसाइटमा उनले लेखेका छन् ।
आफू व्यक्तित्व र विश्वासमा चासो राख्ने भन्दै विलबोर्डको धारण ठट्टा नभएको उनले बताएका छन् । आफू एरेन्ज म्यारिजको विपक्षमा भने नरहेको उनको भनाइ छ । ‘विभिन्न मुस्लिम संस्कारमा एरेन्ज म्यारिजको आफ्नै स्थान र परम्परा छ,’ उनले वेबसाइटमा उनले भनेका छन् ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’