सुर्खेत । जुम्लाकी अल्ट्रा म्याराथुन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले दुई लाख रुपैयाँ प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने भएको छ ।
आइतबार बिहान मुख्यमन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाहीकाे अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले बुढालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
धाविका बुढाले भर्खरै थाइल्याडमा सम्पन्न थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा ट्रेल रनिङ प्रतियोगितामा बुढाले महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन् । उनले ११० किलोमिटरको दूरी १४ घन्टा ५४ मिनेट १ सेकेन्डमा पूरा गरेकी थिइन् । दुई हजार प्रतियोगीलाई उनले पछाडि पारेकी थिइन् ।
त्यस्तै, हालै बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगिताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई ५० हजार राशिको पुरस्कार दिने निर्णय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्यालले जानकारी दिए ।
सुर्खेतमा बन्दै गरेको प्रदेश रंगशालामा नेपालकै पहिलो भलिबलको कभर्ड हल निर्माण गर्ने र कालिञ्चाेक मैदानलाई प्रदेश रंगशाला निर्माण नहुँदासम्मका लागि वैकल्पिक खेलकुद मैदानको रूपमा प्रयोग गर्ने निर्णय भएको सदस्य सचिव सञ्यालले बताए ।
‘२० मंसिरमा शिलान्यास गरिएको प्रदेश रंगशाला निर्माणको प्रगतिमा २८ दिनको अवधिमा माटो परीक्षणको काम सम्पन्न भएकोे, डीप बोरिङको काम भइरहेको, विद्धुतको ट्रान्सफर्मर राख्ने काम भइरहेको, साइट घेरबारको काम भइरहेको छ,’ उनले भने, ‘प्रदेशकै गौरवको आयोजनाको काममा तीव्रता दिइएको छ ।’
प्रदेश गौरवको एक मात्रै आयोजना भएकाले समयमै निर्माण कार्य सक्ने गरेर कार्ययोजनासहित काम सम्पन्न गर्न मुख्यमन्त्रीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारी निर्देशन दिएको सदस्य सचिव सञ्यालले जानकारी दिए ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना