सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई वर्तमान राष्ट्रपति मुन जे-इनले दिएको विशेष माफीमा शुक्रबार रिहा गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ।
भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् जहाँ उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ।
सन् २०१९ मा काँधको शल्यक्रिया गरेपछि ६९ वर्षीया वृद्धले अर्को वर्ष फेब्रुअरी २ सम्म अस्पतालमा उपचार गर्ने योजना बनाएकी थिइन।
एक हप्ता अघि न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो।
पार्कलाई २२ वर्षको जेल सजाय सुनाइएको थियो र भ्रष्टाचारको आरोपमा महाभियोग लगाइएपछि पदमुक्त भएकी हेले २०१७ देखि सजाय भोग्दै आएकी थिइन्।
ब्लु हाउसका अनुसार पार्कको बिग्रँदै गएको स्वास्थ्यलाई ख्याल गर्दै माफी दिने निर्णय गरिएको हो।
पार्कलाई पूर्वराष्ट्रपतिको रूपमा सुरक्षा दिइए पनि अन्य विशेषाधिकारहरू भने दिइने छैन ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा