वासिङटन । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’को समय आधा कम गरिएको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन सङ्क्रमितका लागि ‘आइसोलेसन’को समय १० दिनबाट घटाएर पाँच दिन बनाएको हो ।
पाँच दिन आइसोलेुनमा बसेपछि अरु पाँच दिन मानिसहरूको समूहमा जाँदा वा भेटघाटको क्रममा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने सीडीसीले उल्लेख गरेको छ । नयाँ निर्देशिका बाध्यकारी नभए पनि अमेरिकाका अधिकांश व्यवसाय तथा नीति निर्माताहरूले पालना गर्ने गरेका छन् ।
सीडीसीले आफ्नो पछिल्लो निर्देशिका विज्ञानमा आधारित रहेको बताएको छ । सङ्क्रमण फैलिने सम्भावना सङ्क्रमणको सुरुआती समयमा हुने भएकाले पाँच दिन मात्रै आइसोलेसनमा बसे हुने सीडीसीको भनाइ छ ।
यस्तै खोप नलगाएका वा बुस्टर मात्रा नलगाएकाहरू कोरोना सङ्क्रमितसँगको सम्पर्कमा आएको अवस्थामा पाँच दिनसम्म ‘क्वारेन्टिन’मा बस्नुपर्ने र अरु पाँच दिन मास्क लगाउनु पर्ने पनि सीडीसीले उल्लेख गरेको छ । बुस्टर मात्रा लगाएकाहरूले भने क्वारेन्टिन गर्नुपर्ने छैन, तर १० दिनसम्म मास्क भने लगाउनु पर्नेछ ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न