सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्स रिम्याच

लण्डन । नेपाली मूलका सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच जितेका छन् ।

सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सो उपाधि हात पारेका हुन् ।

उनले १८ किसिमका नेपाली खानेकुरा प्रस्तुत गरेका थिए ।

यस वर्षको मास्टरसेफ प्रोफेसनल्समा विगतमा वर्षहरुमा फाइनलमा पुगेकाहरुलाई प्रतिस्पर्धा गराइएको थियो ।

जसमा साहका अलाबा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क, फिलि आर्मिटाज मार्टिनेज, बार्ट भान डर ली प्रतिस्पर्धी रहेका थिए ।

सिरहा कर्जन्हाका साह गत वर्ष मास्टरसेफ प्रोफेसनल्सको फाइनलमा पुगेका थिए ।

मौलिक नेपाली खाना बनाउन मन पराउने साहको कुकबुक पनि प्रकाशित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री