लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईलाई पितृशोक परेको छ ।
लाबुङका पिता बलबहादुर लिम्बू (लावुङ) को ८० वर्षको उमेरमा बुधबार नेपालमा निधन भएको हो ।
पछिल्लो केही समयदेखि अस्वस्थ रहेका स्वर्गीय लावुङको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ईलामको सूर्योदय नगरपालिका समालबुङका स्थायी बासिन्दा लाबुङको श्रीमती, तीन छोरा र पाँच छोरी छन् ।
यसैबीच, स्वर्गीय लावुङको निधनप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखाले दु:ख व्यक्त गरेको छ । लाबुङ नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाकी उपाध्यक्ष समेत हुन्। शाखाका महासचिव नरेन्द्र बस्नेतले विहीबार एक शोक वक्तव्य जारी गर्दै लावुङको निधनमा शाखाका तर्फबाट दु:ख जनाएका हुन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार