नयाँ दिल्ली । भारतमा विवाह गर्न छोरीका लागि कम्तिमा २१ वर्ष कायम गरिएको छ ।
विद्यमान १८ वर्षबाट बढाएर कम्तिमा २१ वर्ष हुनुपर्ने कानुनी प्रस्तावलाई सकारले अनुमोदन गरेको हो । त्यस्तै, पुरुषका लागि भने यसअघि नै २१ वर्ष पुग्नुपर्ने प्रावधान छ । २१ वर्ष उमेर नपुगी विवाह गरेमा कानुनी कारबाही हुने भएको छ ।
विवाहका लागि न्यूनतम उमेर बढाउने प्रस्तावलाई सरकारले एक वर्षपछि अनुमोदन गरेको हो । विवाहका लागि महिलाको न्युनतम उमेर बढाउने बारेमा एउटा कार्यदल गठन गरिएको थियो । विभिन्न क्षेत्रका व्यावसायिक व्यक्ति, वयस्क, युवतीहरु, नीति निर्मातालगायत विज्ञहरुसँगको वृहत सुझावपछि कार्यदलले महिलालाई विवाहका लागि न्युनतम उमेर प्रस्ताव गरेको थियो ।
विवाहबारे वृहत सार्वजनिक सचेतना अभियान सञ्चालन गर्न पनि कार्यदलले सुझाव दिएको छ । विद्यालयको पाठ्यकंममा यौन शिक्षालाई समावेश गर्नुपर्ने पनि कार्यदलको सुझाव छ ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा