नयाँ दिल्ली । भारतमा विवाह गर्न छोरीका लागि कम्तिमा २१ वर्ष कायम गरिएको छ ।
विद्यमान १८ वर्षबाट बढाएर कम्तिमा २१ वर्ष हुनुपर्ने कानुनी प्रस्तावलाई सकारले अनुमोदन गरेको हो । त्यस्तै, पुरुषका लागि भने यसअघि नै २१ वर्ष पुग्नुपर्ने प्रावधान छ । २१ वर्ष उमेर नपुगी विवाह गरेमा कानुनी कारबाही हुने भएको छ ।
विवाहका लागि न्यूनतम उमेर बढाउने प्रस्तावलाई सरकारले एक वर्षपछि अनुमोदन गरेको हो । विवाहका लागि महिलाको न्युनतम उमेर बढाउने बारेमा एउटा कार्यदल गठन गरिएको थियो । विभिन्न क्षेत्रका व्यावसायिक व्यक्ति, वयस्क, युवतीहरु, नीति निर्मातालगायत विज्ञहरुसँगको वृहत सुझावपछि कार्यदलले महिलालाई विवाहका लागि न्युनतम उमेर प्रस्ताव गरेको थियो ।
विवाहबारे वृहत सार्वजनिक सचेतना अभियान सञ्चालन गर्न पनि कार्यदलले सुझाव दिएको छ । विद्यालयको पाठ्यकंममा यौन शिक्षालाई समावेश गर्नुपर्ने पनि कार्यदलको सुझाव छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक