काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न पार्टीका नेताका साथै आफ्नै पार्टीका वरिष्ठ नेताले बधाई दिएका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित हुनुभएका शेरबहादुर देउवालाई हार्दिक बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेता पौडेलले आज दिनुभएको बधाई सन्देशमा सबैलाई समेटेर सशक्त र एकतावद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने नै छ भन्दै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ । सन्देशमा भनिएको छ, ‘‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भैसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुबै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकतावद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो ।”
यसैगरी सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसको सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।
उहाँले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो ।
यसैगरी अर्का सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।
अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल