काठमाडौँ । भोलिदेखि शुरु हुन लागेको हिउँदे संसद अधिवेसनमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा हुनसक्ने छलफललाई लक्षीत गरी चीनले राजनीतिक दलका नेताहरुसित छलफल तीव्र बनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले यसक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसित कुराकानी गरिसकेको छ ।
यसैक्रममा सोमबार नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन चाओले भिडियो वार्ता गरेका छन्। उपमन्त्री चेनचाओले पोखरेललाई एमालेको महासचिवको पदभार ग्रहण गरेकोमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई उनको कार्यकालमा अझ बढी बलियो बनाउँदै लैजाने आशा व्यक्त गरे ।
महासचिव पोखरेलले एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताए ।
उपमन्त्री चाओले यही मङ्सिर २८ गते नेपालमा संसद् बस्न लागेको र बैठकमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्नका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका