लन्डन । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढी फैलिएको र त्यसबाट ठूलो मानवीय क्षति हुनसक्ने आँकलन बेलायतका स्वास्थ्य विज्ञहरुले गरेका छन् ।
बेलायतमा पछिल्लो समयमा तीव्र संक्रमण बढेको र यही अवस्था रहेमा आगामी पाँच महिनाभित्र २५देखि ७५ हजार मानिसको मृत्यु हुन सक्ने विश्लेषण लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका वैज्ञानिकले गरेका छन् । तथापि कोरोना खोप र बुस्टरले मानिसहरुलाई ओमिक्रोनबाट कति बचाउन सक्छ भन्ने पक्षले यस्तो अवस्था निम्तिन नदिन पनि सक्ने उनीहरुको भनाइ छ ।
पछिल्लो २४ घन्टामा बेलायतमा एकै दिन ५८ हजार ५ सय संक्रमित भेटिएका छन् । यो संक्रमण दर यसवर्षको जनवरी पछिकै ठूलो हो । संक्रमितमध्ये कति जनालाई ओमिक्रोन देखिएको छ भन्ने बारेमा केही खुलाइएको छैन् ।
वैज्ञानिकहरुका अनुसार अप्रिलको अन्त्यसम्ममा करिब पाँच लाख बेलायती कोभिडजन्य समस्याका कारण अस्पताल भर्ना हुनुपर्ने हुनसक्छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश