जाजरकोट । चारैतिर सेताम्य हिमाल, बीचका समथल भूमि हिउँले भरिभराउ । देख्दा आहा लागे पनि त्यो क्षण माथिल्लाे डाेल्पावासीका लागि भने निकै पीडादायी बन्ने गरेकाे छ ।
राज्यको खास ध्यान नपुगेको उपल्लो डोल्पा राज्यको असमान आर्थिक बाँडफाँड प्रणालीका कारण राज्यको अनुभूति गराउन नसकेको डोल्पावासी बताउँछन् । मध्यपहाड र तराइका क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधै एकै नासको हुने गर्छ । झण्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रुपमा आफ्नो परिचय बनाउँदै आएको छ ।
डोल्पोबुद्ध गाउँपालिका-१ धोमा बस्दै आएका पेमा गुरुङ भन्छिन्, ‘पशुचौपायालाई जम्मा गरी राखेको उवाको पराल खुवाउने र मानिसहरू घरभित्र थुनिएर बस्नु पर्ने बाध्यता छ । छिमेकी गाउँमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ । भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना देखिदैन ।’ बिरामी पर्दा समेत डोकोमा बोकेर उपचारमा लैजानु पर्ने उनले बताए ।
चिसोका कारण उपल्लो डोल्पाका सात वटा प्रहरी चौकी सदरमुकाम दुनै सारिएको छ । चिसोसँग मुकाविला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै झारिएको हो । उपल्लो डोल्पा अहिले सुरक्षाविहिन अवस्थामा रहेको पेमाले भनिन् । हुने खानेहरू सदरमुकाम दुनैलगायत अन्य देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरू मात्र हिउँको खालमा बस्न बाध्य भएको उपल्लो डोल्पाका नागरिकले बताएका छन् ।
यहाँका गर्भवती, सुत्केरी र बालबालिकाले चिसोयाम भरी निकै नै सास्ती पाउने गरेका छन् । सञ्चारसम्पर्क समेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ । हिमपातकै कारण उपल्लो डोल्पामा नियमित लगाउनु पर्ने खोप सेवा समेत चार महिना बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमख सिंहराज शाहीले बताए । उनले भने, ‘हिउँले बाटो बन्द छ, हेलिकोप्टरमा खोप ल्याउने सक्ने क्षमता छैन । कम्तिमा चार महिना खोप बन्द हुने गर्छ ।’ यहाँ सर्वसाधारणले चिसो मौसमभर पुग्नेगरी खाना जम्मा गरेर राखेका छन् । यहाँका कार्यालय, स्थानीय तहका कर्मचारीहरू समेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गरेका छन् ।
उपल्लो डोल्पा तीन वटा हावापानी भएको जिल्ला हाे । उपल्लो डोल्पा सधै चिसो र हिउँले सेताम्य हुन्छ । मध्य डोल्पामा मध्य खालको मौसम छ । तल्लो डोल्पामा जाजरकोटसँग मिल्दोजुल्दो मौसम पाइन्छ । यहाँको से-फोक्सुण्डो राष्ट्रिय निकुन्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ । उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टहरू समेत चिसोले प्रभावित हुने गरेका छन् ।
उपल्लो डोल्पामा चिसो मौसममा स्वास्थ्य संस्था सम्म बिरामी लिन नसक्दा स्थानीय आम्चीद्धारा उपचार कार्य गरिरहेका सर्वसाधारणले बताएका छन् । स्थानीय जडीबुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन् । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रुपमा स्थापित छ । हिउँ चितुवा लगायतका संरक्षित जनावर उपल्लो डोल्पामै पाइन्छ ।
उपल्लो डोल्पामा हिमपातका कारण विद्यालय समेत बन्द गरिएको छ । हिउँ पग्लिएपछि मात्र विद्यालय खुल्ने छन् । अहिले विकास निर्माणका समेत सबै ठप्प भएका छन् । चैतबाट मात्र विकास निर्माणका काम सुरु हुने छन् । उपल्लो डोल्पामा हिउँ पग्लिएपछि मात्र विकास निर्माणको काम हुने गर्दछ । आर्थिक वर्ष समेत बदल्नु पर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]