लण्डन । बेलायत सरकारले गोरखाहरुको पेन्सनका बारेमा गत वर्ष आह्वान गरेको परामर्शको नतीजा भोलि सार्वजनिक गर्ने भएको छ ।
बेलायती रक्षा मन्त्रालयद्वारा गरिने सो घोषणा कसरी गरिने भन्ने बारेमा प्रष्ट बताइएको छैन तर सोको बारेमा नेपाल सरकारलाई भोलि नै सम्बन्धित च्यानलबाट जानकारी दिइने बुझिएको छ ।
सो घोषणाका बारेमा नेपालस्थित बेलायती राजदुत, गोर्खा ब्रिग्रेड एसोसिएसन, गोरखा ब्रिगेडको मुख्यालय, नेपालस्थित गोरखा ब्रिगेड कमाण्डलाई घोषणा पूर्व जानकारी गराइने बताइएको छ ।
यो घोषणा गोरखा सैनिकहरुको पेन्सनमा भारतको सातौँ केन्द्रीय पेन्सन आयोगले गरेकाे प्रस्तावलाई समायोजन गर्न बेलायती रक्षा मन्त्रालयले तयार पारेको प्रस्तावमाथि गतवर्ष गरेको परामर्शको नतीजा हो । बेलायती रक्षा मन्त्रालयले गत डिसेम्बरमा एक प्रस्तावित योजना सार्वजनिक गर्दै सो उपर सन् २०२१को मार्चसम्म सरोकारवालाहरुसित सुझाव मागेकाे थियो ।
प्रस्तावमा भारतीय गोरखाले पाउने पेन्सनको १४० प्रतिशत मात्र बेलायतले गोरखाहरुलाई दिनसक्ने बताइएको थियो । साथै सबै तहमा पेन्सन न्यूनतम १० प्रतिशत बढाइने र डब्ल्यूओ वानभन्दा तल्लोतहको पेन्सन १० देखि ३४ प्रतिशतसम्म बढ्ने र अफिसरहरुको १० प्रतिशत मात्र बढ्ने उल्लेख थियो ।
बेलायतले पहिले भारतीय सेनाका गोरखाहरुले पाउने पेन्सनको २०० प्रतिशत पेन्सन ब्रिटिश गोरखालाई दिने वाचा गरेको थियो तर यसरी २०० प्रतिशत दिँदा दीर्घकालसम्म धान्न नसकिने र बजेटमा असर पर्ने बेलायतको जिकिर छ । २०० प्रतिशत पेन्सन बढाउँदा ४९ देखि १३८ मिलियन पाउण्डसम्म वार्षिक भार बढ्ने यो दर अरु सार्वजनिक सेवाका पेन्सन पाइरहेका मानिसहरुको दाँजोमा अस्वाभाविक हुने बेलायतको तर्क छ ।
स्मरण रहोस् सन् १९४७ को त्रिपक्षीय सन्धि र रोयल वारेन्ट १९४९ अनुसार भारतीय गोरखाहरुको पेन्सन योजनामा परिवर्तन आएपछि बेलायतले पनि गोरखाहरुको पेन्सन योजनामा सोअनुसार परिवर्तन गर्नुपर्ने हुन्छ ।
भारतीय गोरखाहरुको पेन्सन हरेक १० वर्षमा परिवर्तन हुने गरेको छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर