लण्डन । बेलायत सरकारले गोरखाहरुको पेन्सनका बारेमा गत वर्ष आह्वान गरेको परामर्शको नतीजा भोलि सार्वजनिक गर्ने भएको छ ।
बेलायती रक्षा मन्त्रालयद्वारा गरिने सो घोषणा कसरी गरिने भन्ने बारेमा प्रष्ट बताइएको छैन तर सोको बारेमा नेपाल सरकारलाई भोलि नै सम्बन्धित च्यानलबाट जानकारी दिइने बुझिएको छ ।
सो घोषणाका बारेमा नेपालस्थित बेलायती राजदुत, गोर्खा ब्रिग्रेड एसोसिएसन, गोरखा ब्रिगेडको मुख्यालय, नेपालस्थित गोरखा ब्रिगेड कमाण्डलाई घोषणा पूर्व जानकारी गराइने बताइएको छ ।
यो घोषणा गोरखा सैनिकहरुको पेन्सनमा भारतको सातौँ केन्द्रीय पेन्सन आयोगले गरेकाे प्रस्तावलाई समायोजन गर्न बेलायती रक्षा मन्त्रालयले तयार पारेको प्रस्तावमाथि गतवर्ष गरेको परामर्शको नतीजा हो । बेलायती रक्षा मन्त्रालयले गत डिसेम्बरमा एक प्रस्तावित योजना सार्वजनिक गर्दै सो उपर सन् २०२१को मार्चसम्म सरोकारवालाहरुसित सुझाव मागेकाे थियो ।
प्रस्तावमा भारतीय गोरखाले पाउने पेन्सनको १४० प्रतिशत मात्र बेलायतले गोरखाहरुलाई दिनसक्ने बताइएको थियो । साथै सबै तहमा पेन्सन न्यूनतम १० प्रतिशत बढाइने र डब्ल्यूओ वानभन्दा तल्लोतहको पेन्सन १० देखि ३४ प्रतिशतसम्म बढ्ने र अफिसरहरुको १० प्रतिशत मात्र बढ्ने उल्लेख थियो ।
बेलायतले पहिले भारतीय सेनाका गोरखाहरुले पाउने पेन्सनको २०० प्रतिशत पेन्सन ब्रिटिश गोरखालाई दिने वाचा गरेको थियो तर यसरी २०० प्रतिशत दिँदा दीर्घकालसम्म धान्न नसकिने र बजेटमा असर पर्ने बेलायतको जिकिर छ । २०० प्रतिशत पेन्सन बढाउँदा ४९ देखि १३८ मिलियन पाउण्डसम्म वार्षिक भार बढ्ने यो दर अरु सार्वजनिक सेवाका पेन्सन पाइरहेका मानिसहरुको दाँजोमा अस्वाभाविक हुने बेलायतको तर्क छ ।
स्मरण रहोस् सन् १९४७ को त्रिपक्षीय सन्धि र रोयल वारेन्ट १९४९ अनुसार भारतीय गोरखाहरुको पेन्सन योजनामा परिवर्तन आएपछि बेलायतले पनि गोरखाहरुको पेन्सन योजनामा सोअनुसार परिवर्तन गर्नुपर्ने हुन्छ ।
भारतीय गोरखाहरुको पेन्सन हरेक १० वर्षमा परिवर्तन हुने गरेको छ ।
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी